सामाजिक सुरक्षा कोष र योगदानमा आधारित सामाजिक योजना

Category: HR News | Date: Jan. 31, 2019, 11:20 a.m. | Total Views: 2327



रियल शलुसन्स प्रा. लि. द्वारा आयोजित ७५ औं HR कुराकानी, ३१ जनवरी २०१९, बिहीबार ज्ञानेश्वर, रातोपुल स्थित जयोति ल्याईफ इनस्योरेन्समा सामाजिक सुरक्षा कोष र वर्तमानमा गरिरहेका अभ्यासहरु सम्बन्धमा (Current Practices  on Social Security Fund) छलफल गर्न आयोजित गरिएको थियो । विभिन्न संघ-संस्थाका मानव श्रोत तथा अन्य सल्लाहकारहरुको सहभागीता रहेको सो कुराकानीमा प्रस्तुतीकरण तथा जिज्ञासाका स्पष्टीकरण गर्न भने सामाजिक सुरक्षा कोषका निर्देशक तथा प्रवक्ता रमा भटराई लाई निमन्त्रणा गरिएको थियो। 

विगत ९ वर्ष देखि रियल शलुसन्स द्वारा आयोजित सो कार्यक्रमलाई अगाडी बढाँउदै रमा भटराई ले सामाजिक सुरक्षा कोष र योगदानमा आधारित सामाजिक सुरक्षाका कानूनी आधारहरु बारेमा विश्लेशण गर्नुभयो ।

  • २०६७ चैत्र ७ गते स्थापना भएको
  • नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक,  सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको
  • योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४,
  • योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५
  • सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५
  • रोजगारदाता र योगदानकर्ताको सूचिकरण सम्बन्धी कार्यविधि, २०७५
  • रोजगारदाता र योगदानकर्ताको सूचिकरण सम्बन्धी सूचना २६ कार्तिक, २०७५ को राजपत्रमा प्रकाशन 

सामाजिक सुरक्षा सम्बन्धि संवैधानिक व्यवस्था

नेपालको संविधान, २०७२ को धारा ३४ श्रमको हक अन्र्तगत ३४(२) मा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ ।    

“प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ ।” 

सामाजिक सुरक्षा योजनाबाट प्राप्त हुने सुविधाहरु

क.औषधि उपचार तथा स्वास्थ्य सुविधा योजना

६ महिना योगदान गर्ने योगदानकर्ताले अर्को ६ महिनासम्म यस्तो सुविधा पाउँछ । त्यसैले योगदान नियमित गर्नुपर्दछ । १२ दिनभन्दा बढी विरामी भएमा त्यसपछिको १३ हप्तासम्म आधारभूत पारिश्रमिकको ६०% रकम पाउनेछ।

सुविधाहरु :

  • चिकित्सकको परामर्श सेवा
  • अस्पताल भर्ना वापतको शुल्क
  • निदान तथा परीक्षण सेवा बापतको खर्च
  • औषधिको बिल बमोजिमको खर्च
  • घरैमा बसि उपचार गराउनु पर्ने अवस्थाका बिरामीको डाक्टर घर जाँदा आउँदाको खर्च ।

 ख. मातृत्व सुरक्षा योजना

पछिल्लो १८ महिनामा १२ महिना योगदान गरेका गर्भवति श्रमिकले मात्र पाउने ।

सुविधाहरु :

  • योगदानकता वा श्रीमतीको गर्भावस्थाको नियमित परिक्षण, अस्पताल  भर्ना, शल्यकृया तथा तीन महिनासम्मको शिशुको उपचार खर्च
  • प्रसुति स्याहारको लागि प्रति शिशु एक महिनाको  न्युनतम पारिश्रमिक बराबरको रकम
  • २४ हप्ताभन्दा बढि अवधिको गर्भपतन भएको अवस्थामा पनि सुविधा पाउने
  • एक महिनाको न्युनतम पारिश्रमिक वरावरको रकम श्रीमती प्रसुति हुने श्रीमानले पनी पाउने 

 ग. दुर्घटना र अशक्तता सुरक्षा योजना

जुनसुकै प्रकारको दुर्घटना परी उपचार गर्नुपर्ने अवस्थामा र व्यवसाय जन्य रोग लागेका योगदानकर्ताले पाउने ।

सुविधाहरु :

  • कोषले तोकेको अस्पतालमा उपचार गर्दाको खर्च अस्पतालमै भुक्तानी
  • सो वाहेकको अस्पतालमा उपचार गर्दा औषधि उपचार तथा  स्वास्थ्य सुरक्षा योजनामा उल्लेखित रकमको हदसम्म
  • काम गर्न असक्षम भएमा आधारभुत पारिश्रमिकको ६० प्रतिसत रकम काममा नफर्के सम्म
  • स्थायीरुपमा नै काम गर्न नसक्ने भएमा आधारभुत पारिश्रमिकको ६०% लाई १००% मानि असक्षमता आधारमा आजिवन निवृतिभरण पाउने सुरक्षा योजना
  • स्थायी पूर्ण असक्षमता भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत बरावरको रकम मासिक रुपमा निज जीवित भर निवृतिभरण पाउने

 घ. आश्रित परिवार सुरक्षा योजनादुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट मृत्यु भएका श्रमिकको पति, पत्नी, छोरा, छोरी, वा बाबु आमा मध्ये कसैले पाउने ।

सुविधाहरु :

  • मृत्यु भएका श्रमिकको पति वा पत्नीलाई योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० को दरले निज जीवित रहेसम्म निवृतिभरण पाउने
  • स्थायी असक्षम भएको अवस्थामा निजको पति वा पत्नीलाई योगदानकर्ताको अन्तिम आधारभृत पारिश्रमिकको ६०%को दरले योगदानकर्ता श्रमिक जीवित रहेसम्म हैरचाबापत निवृत्तिभरण (पेन्सन) प्रदान गरिने तर अरुले हेरचाह गरेमा सौ पैन्सन रकम निजको हेरचाहमा संलग्न व्यक्ति वा संस्थालाई भुक्तानी गर्ने ।
  • योगदानकर्ताको मृत्यु भएको वा पुर्ण असक्षम भएको अवस्थामा १८ बर्ष आश्रित परिवार पुरा नभएको सन्ततिले शिक्षा वृति पाउने । तर एकभन्दा बढि सन्तान भएमा दामासाहिलै प्रदान गरिनेछ ।
  • यौगदानकर्ताको मृत्यु भएमा आश्रीतलै २५ हज़ार अन्तिम संस्कार खर्च पाउने ।   

ङ. वृद्ध अवस्था सुरक्षा योजना

सुविधाहरु :

  • अवकास सुविधा योजना ।
  • निबृतिभरण सुविधा योजना (पेन्सन) 

अवकास सुविधा योजनामा को सहभागी हुन पाउँछ ?

  • यो योजना जारी हुदा वा भए पछि सेवामा प्रवेस गर्ने सबै
  • सामाजिक सुरक्षा कोषवाट निवृतिभरण पाउने बाहेक सबै

सेवा अन्त्य हुँदा पाउने सुविधा

  • संचयकोष रकम (रोजगारदाता-१०% र श्रमिक-१०%)
  • उपदान रकम (रोजगारदाताले योगदान गर्ने ८.३३% रकम)

निवृत्तिभरण कसले लिन पाउछ ?

  • २०७६ साल श्रावन १ पछि रोजगारीमा आउने योगदानकर्ता
  • हाल उपदान र सञ्चयकोष पाई रहेकाले प्रतिष्ठानमा सामूहिक सौदावाजी भएमा 

 सामाजिक सुरक्षाकोषमा योगदान र उक्त योगदानको बाडफाँड

  • कोषमा नियमित वा कार्यगत वा समयगत वा दैनिक वा आकस्मिक वा आशिंक रुपमा कामगर्ने लगायतका सबै श्रमिकले आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत थपि जम्मा ३१ प्रतिशत जम्मा गर्नु पर्दछ ।
  • यस्तो रकम कोषले सम्झौता गरेको बैकं तथा वित्तीय संस्थामार्फत वा सोझै कोषको खातामा जम्मा गर्न सकिनेछ ।
  • उक्त रकम मध्येबाट कोषले वृद्धवस्था संरक्षणमा २८.३३ प्रतिशत खर्च गर्ने छ । सो बाहेक बाँकि २.६७ प्रतिशत मध्येबाट ‌‌ औषधिउपचार तथा स्वास्थ्य सुरक्षा योजनामा ०.७ प्रतिशत, मातृत्व सुरक्षा योजनामा ०.३ प्रतिशत, दुर्घटना र अशक्तता सुरक्षा योजनामा १.४ प्रतिशत र आश्रित परिवार सुरक्षा योजनामा ०.२७ प्रतिशत प्रयोग गरिनेछ ।

सामाजिक सुरक्षा योजनामा सहभागी हुने प्रक्रिया

कोषमा रोजगारदाता र श्रमिकहरु अनिवार्य रुपमा सुचिकरण हुनु पर्नेछ । यसको लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको रोजगारदाताको सूचीकरण सम्बन्धि कार्य देहायको तालिका बमोजिमको मितिवाट तीन महिनाभित्र सम्पन्न हुने छ।

  • काठमाण्डौं उपत्यका भित्रका रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्ताले  मिति २०७५ मसिंर ६ गते बाट ।
  • काठमाण्डौं उपत्यका बाहिर प्रदेश नं ३ का रोजगारदाताले २०७५ मंसिर १५  गते बाट । 
  • प्रदेश नं १ का रोजगारदाताले २०७५ पुस १ गते बाट ।
  • प्रदेश नं २ का रोजगारदाताले २०७५ पुस १५ गतेबाट ।
  • गण्डकी प्रदेश र प्रदेश नं ५का रोजगारदाताले २०७५ माघ १ गतेबाट । 
  • कर्णाली र सुदुरपश्चिम प्रदेशका रोजगारदाताले २०७५ माघ १५ गतेबाट ।

२०७५ कार्तिक २६ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको पहिलो चरणमा रोजगारदाताको सूचिकरण हुनेछ । दोश्रो चरणमा योगदानकर्ता श्रमिकको सूचिकरण हुनेछ । तेश्रो चरणमा योगदान सकंलनको काम सुरु हुनेछ र अन्तिम चरणमा योजना स्किम शुरु भई यी कामहरु निरन्तर रुपमा संचालन हुनेछन् । 

सुविधा कसरी दावी गर्ने

  • प्रत्येक सुविधा दावी गर्न छुट्टा छुट्टै दावी फारम छ । सो दावी फारम भरेर योगदान रकम जम्मा स्थानमा पेश गर्नु पर्दछ।
  • यस्तो फारमको साथमा सो दावी पुष्टि हुने कागज समेत पेश गर्नु पर्दछ।
  • अस्पतालमा भर्ना भएको अवस्थामा अस्पताल आफैंले रकम दाबी गर्न सक्छ ।श्रमिकले बीस प्रतिशत रकम जम्मा गर्ने र सिमा भन्दा बढी रकम सोझै भुक्तानी गर्नु पर्ने हुन्छ।
  • श्रमिकले पाउने रकम भुक्तानी सोझै श्रमिकको बैंक खातामा जम्मा हुन्छ।
  • तर दोहोरो सुविधा लिएमा वा झुट्टा विवरण पेश गरी रकम लिएमा कानून बमोजिम कैद वा जरिवाना हुनेछ । 

 र अन्त्यमा

सरकारले सुरुवात गरेको सामाजिक सुरक्षा योजना कार्यक्रम निकै राम्रो भएता पनि  कार्यान्वयन निकै चुनौतीपूर्ण छ भन्ने कुरामा सहभागीताहरुको सहमति थियो । सामाजिक सुरक्षाका योजनाहरु अन्तर्राष्ट्रिय श्रम संगठनका सल्लाहकारहरुको सुझाव, विगतका अनुभव र विभिन्न अनुशन्धानमा आधारित रहेको प्रवक्ता रमा भटराई बताउँछिन् । सरकारले मात्र लगानी गरेर सामाजिक सुरक्षा दिनु राज्यको दायित्व बढाउनु, विकास बजेटलाई खुम्चाउनु र चालू खर्च बढाउनु हो । त्यसैले व्यक्तिले आयआर्जन गर्न सकेको बेला गरेको योगदानबापत आय आर्जन गर्न नसक्ने बेला आर्थिक सुविधा प्रदान गर्नुको निम्ति सुरक्षा कोषको रकमबाट उपदान, पेन्सन, स्वास्थ्य उपचार खर्चलगायत विभिन्न सुविधा पाउने कानुनी व्यवस्था गरिएको हो भन्दै ७५ औं HR कुराकानी टुङगाइयो । 

थप जानकारीको लागी https://ssf.gov.np/np